पोखरा । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को कास्कि शाखा गठन भएको छ । शनिबार पोखरामा भएको भूपू सैनिक तथा प्रहरीहरुको प्रथम सम्मेलनबाट धनबहादुर खड्काको अध्यक्षतामा ३५ सदस्यिय जिल्ला कमिटी गठन भएको हो । समितिका उपाध्यक्षमा गेसबहादुर थापा सचिवमा हेमराज सुवेदी कोषाध्यक्षमा मनबहादुर सुनार रहेका छन् ।
कार्यक्रम नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका नेता पोलिटब्युरो सदस्य प्रदेश अध्यक्ष प्रदेश सचिवका साथै केन्द्रीय सदस्य जिल्ला कमिटी अध्यक्ष प्रदेश कमिटीका सदस्य जिल्ला कमिटी सदस्य जनसँगठन का नेताहरु सहित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) का केन्द्रीय अध्यक्ष धनबाहादुर कार्की केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज देऊप्रसाद छन्त्याल केन्द्रीय उपमहासचिव पदमध्वज कार्की केन्द्रीय सदस्य जीतबहादुर रसाइली रामबहादुर थापा कृष्णबहादुर पुन शोभाकर दाहाल नारायण तिवारी सहित भूपू सैनिक तथा प्रहरीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय उपाध्यक्ष तथा घण्डकी प्रदेश इन्चार्ज देऊ प्रसाद छन्त्यालले गरेका थिए ।