तनहुँ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग चार घण्टापछि खुलेको छ । राजमार्गसडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा खसेको पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो ।
पहिराका कारण पूर्णरुपमा अवरुद्ध राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
चारवटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाधरुपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको उनले बताए । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।