पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा व्यवसायिक पशुपालन कृषि सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ । राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा उक्त तालिम आयोजना गरिएको महिला बालबालिका शाखाका संयोजक देशु चेम्जोङ लावतीले बताए ।
तालिममा कुम्मायक गाउँपालिकाका ५ वटै वडाका प्रत्येक वडाबाट ५ जनाका दरले २५ जना महिला सहभगी भएका थिए । तालिममा मुना मिश्र र कपिलदेव मल्लले सहजिकरण गरेका थिए ।
तालिमको समापन कार्यक्रममा कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले एकल महिला बिपन्न वर्गका लागि यो तालिम र सानो अर्थिक सहयोगबाट लाभ लिई आर्थिक प्रगति गर्न आग्रह गरे ।
अध्यक्ष लावतीले जनताको जिवनस्तर कृषि बाटै उठ्ने भएकाले पालिकाले पनि अत्यन्त मिहिनेत र प्रोत्साहन गरि रहेको भन्दै सिकेका सिपलाई व्यवहारमा उतार्न समेत आग्रह गरे ।
सोही अवसरमा कुम्मायक गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका सभापति महेन्द्र बहादुर खड्काले तालिममा सहभागी सबैलाई धन्यवाद दिनुका साथै व्यव्सायिक भएर अघि बढ्न समेत आग्रह गरे ।