April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

मोरङको रंगेलीमा खाल्डोभित्र युवतीको शव भेटियो  

2.8K

विराटनगर । पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो ।

अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।

Advertisement

शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको प्रहरीले बताएको छ ।