पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिकाको १२औँ गाउँसभा सम्पन्न भएको छ । शुक्रबार यासोकस्थित पृथ्वी माध्यमिक विद्यालयको भवनमा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुलाई खादा ओढाई सम्मान गरिएको थियो । यस्तै, कार्यलयमा कार्यरत केहि कर्मचारीलाई कार्यदक्षताको उच्च मूल्यांकन गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।
गाउँसभामा अध्यक्ष बमप्रसाद लावतीले नीति तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए । कृषि प्रणालीलाई बैज्ञानिक तुल्याउन माटोको जाँच गरि कृषि पेशालाई निर्वाहमुखी र व्यवसायिक तथा आर्थिक उपार्जनको मुख्य आधार बनाउने लक्ष्य रहेको उल्लेख गरिएको थियो । कृषिमा लाग्ने लागत न्यूनीकरण गर्न यान्त्रिक सामग्री प्याकेजमा एकमुष्ट किसानलाई उपलब्ध गराउने पनि जनाइएको छ । सामुहिक स्तरमा सन्चालन भएका कृषि फर्महरुलाई व्यवसायिक रुपमा प्रवर्द्धन गर्न आवश्यक तालिम समेत दिएर कृषि क्षेत्रलाई अगाडि बढाउदै लैजाने लक्ष्य रहेको बताइएको छ ।
यसैगरी आधारभूत तहमा मातृभाषा शिक्षण कार्यको व्यवस्था मिलाउने साथै सडकको स्तर उन्नति गर्ने स्वास्थ्य शिक्षा र व्यवस्थित खानेपानीको लागि विद्युतको प्रबन्ध मिलाउने जस्ता उल्लेखनीय नीति अपनाएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
एक नम्बर प्रदेश संसद सीता थेवेको प्रमुख आथित्यतामा सम्पन्न भएको सो गाउँसभामा निवर्तमान अध्यक्ष जयबहादुर चेम्जोङ र उपाध्यक्ष सीता आचार्य प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदी गाउपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का लगायत संचारकर्मी बुद्धिजीवी नागरिक समाज तथा विभिन्न पार्टी प्रतिनिधि जनप्रतिनिधिहरुको उपस्थिति रहेकोे थियो ।