April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

याङ्वरक गाउँपालिकामा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न

2.4K

याङ्वरक । पाँचथर जिल्ला याङ्वरक गाउँपालिका वडा नम्वर एकबाट नव निर्वाचित वडाध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई च्याङ्थापु फलैंचा सरोकार समाज नेपालले एक कार्यक्रम गरी बधाई तथा शुभकामना ज्ञापन गरेको छ । निर्वाचित प्रतिनिधिहरुलाई संस्थाको तर्फबाट शुभ–कामना पत्रका साथ खादाद्वारा सम्मान गरिएको थियो ।

स्थानीय तिलचन अधिकारीद्वारा संचालित उक्त कार्यक्रमलाई विष्णु माविका प्राचार्य गंगाप्रसाद खरेलले सम्बोधन गर्दै निर्वाचित जनप्रतिनिधिहरु जनताहरुको सुखदुःखमा लागिरहनुहुनेछ भन्ने अपेक्षा रहेको बताए ।

विभिन्न पार्टीका स्थानीय स्तरका अध्यक्ष तथा प्रतिनिधिहरु, कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, संस्थाका सल्लाहकार, नव गठित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगायत अन्य महानुभावहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रम च्याङ्थापु वडा कार्यालयको हलमा गरिएको थियो ।

Advertisement

नव निर्वाचित वडा सदस्य गंगा ढुंगेलले शुभकामना तथा बधाई ज्ञापनका लागि सरोकार समाजलाई वडाको तर्फबाट धन्यवाद दिंदै प्राप्त सुझावहरुलाई वडा कार्यसमितिले सकरात्मक रुपमा ग्रहण गर्ने प्रतिबद्धता जाहेर गर्नुका साथै सरोकार समाजले गरेका कार्यहरुलाई वडा समितिले नजिकबाट हेरिरहेको र आउँदा दिनमा पनि संस्थासँग हातेमालो गर्दै जाने बताए ।

कार्यक्रमको अन्त्यतिर सरोकार समाज नेपालका केन्द्रीय अध्यक्ष शरद कुमार अधिकारीद्वारा च्याङ्थापु स्वास्थ्य चौकीलाई नेबुलाईजर मेसिन र त्यसमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष अधिकारीले संस्था र वडाको संयुक्त पहलमा गरिने आगामी योजनाको कार्यपत्र समेत पेश गर्नुका साथै नव निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुको सफल कार्यकालको कामना व्यक्त गरेका थिए ।

कार्यक्रमको तस्वीरहरु ।