April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

फिदिम नगरपालिकाले व्यवसाय दर्तामा लाग्ने शुल्कमा भारी छुट दिने

3.1K

पाँचथर । फिदिम नगरपालिकाले यसअघि व्यवसाय दर्तामा लिँदै आएको शुल्कमा भारी छुट दिएको छ । नगरपालिकाको राजस्व परामर्श समिति बैठकले यसअघि भएको व्यवस्थालाई परिवर्तन गर्दै व्यवसाय दर्ता र नविकरणमा लिने शुल्कमा भारी छुट दिने निर्णय गरेको हो ।

यसअघि भएको व्यवस्थामा दर्ता र नविकरण शुल्क महंगो भएको भन्दै अधिकांस व्यवसायी दर्ता प्रकृयामा नआएको ठहर गर्दै यस्तो निर्णय गरिएको नगरप्रमूख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार शनिबार बसेको नगरपालिकाको राजस्व परामर्श समितिको बैठकको निर्णय असार १० गते हुने नगरसभाबाट पारित भएपछि कार्यन्वयन हुनेछ । नयाँ नियम लागु हुनासाथ यसअघि दुई हजार रुपैंया लिइदै आएका व्यवसायको हकमा ९० प्रतिसत छुट दिएर दुईसय रुपैया कायम गरिएको छ ।

Advertisement

यस्तै ५ हजार देखि ७ हजार पाँचसयसम्म दर्ता शुल्क तिर्नुपर्ने व्यवसायीका हकमा ५ सय, ७ हजार ५ सय भन्दा धेरै दर्ता शुल्क तिनुपर्नेका हकमा एकहजार रुपैंया कायम गरिएको छ ।

नगर क्षेत्रमा हाल २ हजार ५ सय भन्दा धेरै व्यवसाय सञ्चालनमा रहेकोमा १० प्रतिसत पनि प्रकृयामा आएका छैनन्। यो निर्णयबाट दर्ता शुल्कबापत नगरपालिकाले लिने राजस्वमा केहि प्रभाव पर्ने देखिएपनि शुल्कमा भारी छुट पाउने भएपछि यसअघि प्रकृयामा नआएका अधिकत्तम व्यवसायी अव प्रकृयामा आउने अपेक्षा गरिएको छ ।

प्रकृयामा आएका नया व्यवसायीसँगै नविकरण शुल्क बापतको शुल्कले विगत भन्दा धेरै राजस्व संकलन हुने जनप्रतिनिधिहरु बताँउछन ।