विराटनगर – सुनसरीको कोशी गाँउपालिका ६ सुकुम्बासी टोल बस्ने ३२ वर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान ५ : ३० बजे आफ्नै गहुँबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासि जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्ती सोमबार बिहान कोशी गाउँपालिका वार्ड नम्बर ६ श्रीपुर घर भइ वार्ड ७ स्थित हरिपुरमा खेतमा काम गरिरहेका बेला हात्तीले आक्रमण गर्दा यादवको मृत्यु भएको हो ।