काठमाडौं– विमानस्थलमा विदेशबाट आउने यात्रुको एन्टिजिन परीक्षण गर्ने तयारी थालिएको छ।
विमानस्थल स्रोतका अनुसार विदेशबाट आउनेले उतै पीसीआर गरेर आए पनि नेपाल प्रवेसँगै एन्टिजिन परीक्षण गर्ने तयारी भएको हो।
आवश्यक तयारी गरी केही दिनमै उक्त परीक्षणको काम सुरू हुने स्रोतको भनाइ छ।
पछिल्लो समय भारतलगायत मुलुकमा कोरोना संक्रमितको संख्या दैनिक बढेसँगै नेपालमा पनि सतकर्ता अपनाउन विमानस्थलबाट प्रदेश गर्नेको समेत परीक्षण गर्ने तयारी गरिएको हो।
यसअघि विभिन्न नाकाबाट नेपाल प्रदेश गर्नेको पनि सीमामै परीक्षण गरिँदै आएको छ।