April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दै छ: गृहमन्त्री

885

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दै गरेको जानकारी दिएका छन् ।

बुधबार हलचोक स्थित सशस्त्रको मुख्यालयमा आयोजितसशस्त्र प्रहरीको २४ औँ स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सशस्त्रका जवान र हवल्दारहरुलाई १६ वर्षमा अवकाशमा जान पाउने गरी कानुन निर्माण गर्न लागिएको बताएका हुन् ।

जवान र अधिकृतहरूको आवाज समेटेर विधेयक निर्माण गरेको उनको भनाइ थियो । गहमन्त्री लेखकले मन्त्रिपरिषद्बाट स्वीकृत विधेयकमा जवान र हवल्दारहरुलाई १६ वर्षमा अवकाश दिने व्यवस्था राखिएको बताए । उनले भने, ‘१६ वर्षमा अवकाशमा जान पाउने व्यवस्था राखेका छौँ ।’

Advertisement

सो ऐन छिट्टै संसद्मा दर्ता गरेर पारित गरिने लेखकले बताएका छन् । उनले भने,‘केही दिनमै विधेयकको रूपमा संसद्मा दर्ता गर्दैछौँ ।’