February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

रवि लामिछानेविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

380

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा पनि अदालतले पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित १० जनाविरुद्ध चितवन जिल्ला अदालतबाट शुक्रबार प्रहरीले पक्राउ गर्ने अनुमति लिएको हो ।

चितवनको सहारा चितवन सहकारीका पीडितहरूले लामिछाने र छविलाल जोशीसहितका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

Advertisement

साहारा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। लामिछाने र जोशी गोर्खा मिडियाका सञ्चालक थिए।

अन्य ८ जना जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनीका सञ्चालक तथा सेयरधनी हुन्।