काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र परराष्ट्रमन्त्री आरजु राणा देउवावीच भेटवार्ता भएको छ । शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर राजदूत थम्प्सनले मन्त्री राणासँग भेट गरेका हुन् ।
भेटमा नेपाल–अमेरिका सम्बन्धका विविध आयाम र विकास सहकार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूकोसमेत उपस्थिति थियो ।