January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते

1.8K

बुटवल । बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत रहेको सडकमा बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएका हुन् ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ ।

Advertisement

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।