April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिने

2K

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि बिहीबार दिउँसो २ बजेपछि मुम्बइ लगिने भएको छ । बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए ।

सांसद भण्डारीकी आमाको बिहीबार विहानै कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ भने सोही अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सको विमानमार्फत चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने जनाइएको छ ।

स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।

Advertisement