February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

स्याङ्जा २ को मतगणना अनिश्चितः कांग्रेसको धर्ना, एमालेको पुनः मतदानको माग

1.4K

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना अनिश्चित जस्तै भएको छ । मङ्गलबार अबेरसम्म मत गणना शुरु हुन सकेको छैन । चार बुथमा धाँधली गरी बुथ कव्जा भएको एमालेले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै धर्ना बसेको छ ।

चापाकोट नगरपालिका वडा ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदलाय, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना रोकेको छ । एमालेको मागमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले पनि साथ दिँदैआएका छन् । राप्रपाले मतगणना हुनुपर्ने जनाएको छ । एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

एमालेका उम्मेदवार पद्मा अर्यालले गठबन्धनका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिएर डर धम्की देखाएर मतपत्र कब्जा गरेको आरोप लगाएकी छन् । कब्जा गरिएका मतदान केन्द्रमा ९८ प्रतिशतसम्म मत खसेको उनको दाबी छ ।

Advertisement

रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै मंगलबार कांग्रेसले नाराबाजी गरेको छ । कांग्रेस उम्मेदवार धनराज गुरुङसहित कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना बसेका छन् ।