April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

प्रधानमन्त्री देउवा र भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता

1.7K

काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाले आज भाजपा मुख्यालय पुगेर नड्डालाई भेटेका हुन् ।

स्रोतका अनुसार भेटमा दुई देशबीचको सम्बन्धलगायतका विषयमा कुराकानी भएको छ । भाजपा मुख्यालयमा नड्डाले देउवा र उनकी पत्नी डा. आरजु देउवालाई स्वागत गरेका थिए ।

तीन दिने भारत भ्रमणमा आज नयाँ दिल्ली पुगेका देउवाले त्यहाँका विदेशमन्त्री एस जयशंकरसँग भेटिसकेका छन् ।

Advertisement