April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

बान्तावा कविता प्रतियोगितामा सहभागी उत्कृष्ट १७ कविहरूको छनोट सम्पन्न

6.8K

काठमाडौं । बान्तावा राई भाषामा प्रकाशित ‘बुङ्वाखा‘को १७औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘१७औं बान्तावा कविता प्रतियोगितामा सहभागी हुने ‘उत्कृष्ट १७ कवि’हरूको छनोट गरिएको छ । मङ्सिर २३ र २४ गते भोजपुरको आमचोक गाउँपालिका, बालंखामा हुने ‘बान्तावा साहित्य महोत्सव’मा कविहरूले कविता वाचन गर्नेछन् ।

छनोट भएका कविहरूमा इलामका अर्जुन वेदना राई, दिलु राई र पुजन राई, उदयपुरका चाँदनी राई, धनकुटाका तुलसा ‘स्वदेशी‘ राई र खोटाङका नन्द हाङखिम हुनुहुन्छ । त्यस्तै, काठमाडौका प्रजितकला राई, सिक्किमका शोभा राई, पाँचथरका प्रदीप राई, संखुवासभाका बिबिमाया राई र झापाका हरिबहादुर राईले पनि कवितावाचन गर्नेछन्। भोजपुरका रविन्द्र बान्तावा, बलबहादुर राई, रामकुमार राई, लंकामान राई, विनोद बान्तावा र सन्दीप राई पनि ‘उत्कृष्ट १७ कवि’का रूपमा छनोट भएका छन् ।

बुङ्वाखा १७ वर्ष पुगेको अवसरमा १७ जना कविहरू सहभागी हुने भएको हो ।

Advertisement

प्रतियोगितामा विजेता कविहरूले ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’बाट पुरस्कृत हुनेछन् । पुरस्कारको राशी प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः पन्ध्र हजार, दश हजार र पाँच हजार नगद र प्रमाणपत्र रहेको छ । ‘उत्कृष्ट १७ कवि’हरूलाई प्रमाणपत्र र उपहारहरू प्रदान गरिनेछ ।

पाँच अतिथि कविहरू
महोत्सवमा पाँच जना कविहरूलाई अतिथि कविको रूपमा आमन्त्रण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लक्ष्मी माली, पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमी, प्रा.डा. विष्णुसिं राई, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०७८ मा प्रथम स्थान हासिल गरेकी कवि कविता राई र बान्तावा कवि जयबहादुर राई अतिथि कविको रूपमा रहेको बुङ्वाखा सम्पादक पदम राईले जानकारी दिएका छन् ।