April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

पशुपतिनाथदेखि काशी विश्वनाथ सम्मको मोटरसाइकल र्यालीले नेपाल भारत सम्बन्ध प्रगाढ हुन मन्त्री आलेको भनाइ

२०७८ कार्तिक २५

3K

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले भगवान शिवले बास गरेका चार धामहरू पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’ को उद्घाटन गर्दै मन्त्री आलेले चार धामलाई समेटेर शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

सर्किटको विकास गर्न सकेमा हिन्दु धर्मावलम्बीहरुले चारवटै धामको दर्शन गर्ने अवसर पाउने र ती शिवालयहरुप्रति अझै धार्मिक आस्था बढेर जाने उनले बताए ।

Advertisement

त्यसैगरी मन्त्री आलेले नेपाल–भारत सम्बन्ध प्राचिन, मौलिक र सभ्यताको सम्बन्ध भएको पनि बताए । उनले एकपटक विश्वनाथ मन्दिरमा दर्शन गर्ने हिन्दु दर्शनार्थीले एकपटक पशुपतिनाथको दर्शन गर्नुपर्ने पौराणिक मान्यता रहेको उल्लेख गर्दै पशुपतिनाथदेखि काशी विश्वनाथ सम्मको मोटरसाइकल र्यालीले नेपाल भारत सम्बन्ध प्रगाढ हुने र हिन्दु धर्मको गरिमा उच्च रहने विश्वास व्यक्त गरे ।

दर्जनौँ युवाहरुले ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’ शुक्रवार काठमाडौंको पशुपतिनाथबाट प्रारम्भ गरेका छन् । ५० भन्दा बढी मोटरसाइकलमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।