भारत- भारत प्रशासित कश्मीरको सोपारमा आइतबार राति सुरक्षाबल र चरमपन्थीबीच भएको भिडन्तमा तीन जना चरपन्थीको मृत्यु भएको छ।
कश्मीरका आइजीपी विजय कुमारले घटनामा मारिने तीन जना चरमपन्थी संगठन लस्कर ए तैयबाका भएको बताएका छन्। जसमा चर्चित चरपन्थी पण्डित पनि रहेका छन्।
कश्मीरको जोन प्रहरीले ट्वीट गर्दै भनको छ, ‘शीर्ष लश्कर ए तैयबा मुदस्सिर पण्डित ३ सुरक्षाकर्मी, २ काउन्सलर र २ सर्वसाधारणको हत्या र आतंकवादी गतिबिधिका लागि जिम्मेवार थिए जो सोपार इन्काउन्टरमा मारिएका छन्।’
प्रहरीका अनुसार इन्काउन्टरपछि चरमपन्थीहरुबाट तीन एके ४७ राइफल र अन्य विस्फोटक सामाग्री फेला परेको थियो।