काठमाडाैं – कतार सरकारले नेपाल सरकारलाई तीन वटा मर्सिडिज कार उपहार स्वरूप प्रदान गरेको छ । परराष्ट्र मन्त्रालयमा एक कार्यक्रम गरी नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल-हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो सहित मर्सिडिज कार हस्तान्तरण गरेका हुन्।
उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई सहयोगका लागि धन्यवाद व्यक्त गरे।
‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पुर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु’ उनले भने। उक्त सहयाेग स्वीकार गर्न नेपाल सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेकाे थियाे।