April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

काेराेनाविरुद्धकाे रुसी खाेप स्पुतनिक-भीले पायाे ब्राजिलमा अनुमति

3K

काठमाडाैं- रुसले उत्पादन गरेकाे काेराेनाविरुद्धकाे खाेप स्पुतनिक-भी प्रयोग गर्न ब्राजिल सरकारले अनुमति दिएकाे छ।

राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले शुक्रबार सो खोप प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो। यो खोप प्रयोग गर्न अनुमति दिने देशहरुमध्ये ब्राजिल ६७औं स्थानमा परेकाे छ।

खोपको अभाव भइरहेका बेला रुसी खोपले अनुमति पाएपछि महामारी न्यूनीकरण पहिलाभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Advertisement

स्पुतनीक-भी खोप कोरोनाविरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दावी गर्दै आएका छन्। 

स्पुतनिक–भी का विकासकर्ताहरुले सो खोप ९७.६ प्रतिशत प्रभावकारी र सुरक्षित भएको दावी गरेका छन्। उनीहरुले यो खोपको दीर्घकालिन नकारात्मक असर पनि नरहेको बताउने गरेका छन्।