April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बुर्किना फासोमा हतियारधारीको आक्रमण: १३२ जनाको मृत्यु

2.8K

काठमाडौँ- बुर्किना फासोको उत्तरी भागमा रहेको सोल्हान गाउँमा हतियारधारीको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ ।

घटनाको राष्ट्रपति रोक कबोरेले पुष्टि गरेको बीबीसीले जनाएको छ । कबोरेले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् ।

आक्रमणकारीले स्थानीयका घर तथा बजार क्षेत्रमा आगजनीसमेत गरेका छन् । घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तथापि  इस्लामी समूहहरूले हमला गरेको हुन सक्ने सुरक्षा अधिकारीहरूले आशंका गरेका छन् ।

Advertisement

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाको निन्दा गरेका छन् ।