April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

चीनले दियो आफ्ना नागरिकलाई तीन बच्चा जन्माउने अनुमति

2.9K

काठमाडौँ – चीनले आफ्ना नागरिकलाई तीन बच्चा पाउन अनुमति दिएको छ । यसअघि दुई बच्चा मात्रै जन्माउन पाइने नीति कडाइका साथ अंगीकार गर्दै आएको चीनले जनसंख्याको विषयमा उत्पन्न चासो सम्बोधन गर्दै यो नीति लिएको हो । अब कुनै पनि अभिभावकले चाहेमा तीन बच्चा पाउन उनीहरू स्वतन्त्र हुने बीबीसीलगायत सञ्चारमाध्यमले उदधृत गरेका छन् ।

दुई बच्चा नीतिअघिसम्म चीनले वन चाइल्ड पोलिसी अर्थात् केबल एक बच्चा मात्रै पाउन सकिने नियमसमेत ल्याएको थियो । चीनमा बढ्दो खुलापनको चाहनालाई यो नीतिले केही हदसम्म सम्बोधन गर्न सक्ने ठानिएको छ ।

Advertisement