सोलुखुम्बु- सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा हिउँमा चिप्लिएर २ जना विदेशी नागरिकको मृत्यु भएको छ।
बिहीबार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरिकाका नागरिक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ वर्षीय पवेइलियूको सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।
यसैगरी, सगरमाथा आरोहणका लागिँ हिडेका स्विजरल्याण्डका नागरिक पासपोर्ट नम्बर x४०३४४४६ का ४१ वर्षीय अब्दुलवाहिदको पनि सोही स्थानमा हिउँमा चिप्लिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक दुवै जनाको उद्धारको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पहल गरिरहेको जनाएको छ।