November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोनाको खोप लगाएका विदेशी पर्यटक भित्र्याउने तयारीमा सरकार

2.4K

काठमाडौं- सरकारले विदेशी पर्यटक भित्र्याउने तयारी गरेको छ। कोरोना महामारीपछि विदेशी पर्यटक आवागमन रोकेको सरकारले अब खुलाउने तयारी गरेको हो। यस सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्‌मा लगिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बताए।

कोरोनाको खोप लगाइसकेका पर्यटकलाई बिनाअवरोध नेपाल आउन र घुम्न दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगिएको उनले बताए। साथै, अनअराइभल भिसा पनि खुला गर्ने विषय पनि मन्त्रिपरिषद्‌मा लगिएको मन्त्री ढकालले बताए। 

Advertisement