February 2, 2026, Monday
२०८२ माघ २०
1:37:26 pm

५२ हजार ४०० ले घट्यो सुन

400

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यामा भारी गिरावट आएको छ । पछिल्ला तीन कारोबार दिनमा सुनको मूल्यमा ५२ हजार ४०० रुपैयाँभन्दा धेरैको गिरावट देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (आज) स्थानीय बजारमा सुन दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत बिहीबार सुन सर्वाधिक तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो ।

आइतबार एक तोला छापावाल सुनको मूल्य तीन लाख रुपैयाँ कायम भएको थियो । त्यसअघि गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० पुगेको थियो ।

Advertisement

त्यस्तै, बिहीबार एक तोला चाँदी सात हजार ५०५ मा किनबेच भएको थियो, जुन आज पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसरी सोही कारोबार अवधिमा चाँदी दुई हजार ३०५ रुपैयाँ घटेको छ ।