काठमाडौं । नेपाली बजारमा सुनको मुल्य प्रतितोला ३९ हजार तीन सय रूपैयाँ पुगेको छ । आज (बिहीबार) अघिल्लो रेकर्डभन्दा प्रतितोला २० हजार पाँच सय रूपैयाँले सुन महँगिएको हो ।
यसअघि बुधबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । उक्त दिन सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार तोलामा सात हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार सात हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार पाँच सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




