February 1, 2026, Sunday
२०८२ माघ १८
1:37:26 pm

बालेनको चुनावी प्रचारमा हिँडेका पत्रकार सिटौलाको निधन

365

काठमाडौं। चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा ग्रान्डी अस्पतालमा उनको निधन भएको हो ।

चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष  सिटौला राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र साह (बालेन) काे चुनावी प्रचारमा हिँडेका थिए।

चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो ।

Advertisement

अन्तिम श्रद्धाञ्जलीका लागि पत्रकार सिटाैलाकाे शव चलचित्र विकास बोर्डमा अहिले २ः३० देखि ३ः०० बजे सम्म राखिनेछ ।

फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक सिटौला ४५ बर्ष मात्रै पुग्दै थिए।