April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

सुनको भाउ तोलामा दुई सयका दरले घट्यो

2.8K

काठमाडौँ – सुनचाँदीको भाउ सामान्य घटेको छ ।

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर ९२ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । 

Advertisement