April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आँधिखोलाले तटबन्धको निर्माणमा पर्याप्त बजेट बिनियोजन गरियोस : राजु थापा

4.7K

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजु थापाले स्याङ्जाको आँधिखोला तटबन्ध बजेट अभावले रोकिएकोप्रति संसदको ध्यानाकर्षण गराएका छन् ।

विहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले स्याङ्जा जिल्लाको मध्य भागबाट बगेको आँधिखोलाले बर्षेनी बर्षायाममा ठूलो मात्रामा कृषियोग्य भूमिलाई नष्ट गर्दै आईरहेको र तटबन्ध निर्माणका लागि पर्याप्त बजेट बिनियोजन गर्नका लागि ध्यानाकर्षण गराएका हुन् ।

२०७० सालबाट शुरु भएको आँधिखोला तटबन्धन कार्यक्रम बजेट अभावकै कारण अलपत्र परेको र कृषि योग्य भूमीमात्र नभई मानववस्तीलाई पनि जोखिममा पारेको भन्दै उनले सभामुख मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

Advertisement

उनले भने,‘आँधिखोलामा बनेका पक्की मोटरेबल पुलहरु समेत आँधिखोलाले जोखिममा परेका छन्, आर्थिक बर्ष २०८०।८१ मा तटबन्धन कार्य शुरु होस् र यसको लागि उचित बजेट व्यवस्थापन होस् भन्दै सभामुख महोदय मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’