April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

काठमाडौंको ट्राफिक जामले एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति

1.1K

काठमाडौं । काठमाडौं उपत्यकामा हुने ट्राफिक जामले मानिसको दैनिकीमा असर त गरेकै छ । तर अर्बौ आर्थिक क्षति हुने गरेको तथ्यांक थाहा पाउँदा भने अचम्म लाग्नसक्छ । वास्तमा उपत्यकामा हुने जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ ।

सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले आर्थिक क्षेत्रमा रु एक खर्ब १६ अर्ब बराबरको क्षति हुने गरेको काठमाडौँ महानगरपालिकाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।

उक्त समस्या न्यूनीकरणको विषयमा कामपाले अध्ययन गरिरहेको भए पनि यसका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था कार्यालय, सडक विभागसहित सरोकारवालाको सकारात्मक भूमिका रहनुपर्नेमा उनको जोड छ ।

Advertisement

ट्राफिक व्यवस्थापन विज्ञ श्रेष्ठले एक वर्षभित्र सवारीको गतिलाई पाँच मिनेट छिटो बनाउने लक्ष्यका साथ काम गरिरहेको पनि जानकारी दिए । सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनको इञ्जिनियरिङमा समस्या भएको तथा जिम्मेवारी पालनामा लापरबाही भएकाले अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ ।