April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पेट्रोल, डिजेल र मटितेलको मूल्य घट्यो

2K

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल– मट्टितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल–मटितेल १७८ रुपैयाँ थियो ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

Advertisement