April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

वैदेशिक रोजगार बोर्डको भावी कार्ययोजनाबारे छलफल, बोर्डले टेलिमेडिसिन सेवा प्रदान गर्ने

1.8K

काठमाडौँ । वैदेशिक रोजगार बोर्डले बोर्डको गतिविधिबारे सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।बुधबार नयाँबानेश्वरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोर्डको गतिविधिबारे सञ्चारकर्मीहरूलाई जानकारी गराइएको हो।

कार्यक्रम वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सरकारले टेलिमेडिसिन सेवा प्रदान गर्ने लागेको बताइएको छ । यो प्रक्रिया अब आउने शुक्रबारदेखि प्रत्येक हप्ताको शुक्रबार र आइतबार दुई दिन टेलिमेडिसिन सेवा प्रदान गरिने बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले बताए । उनका अनुसार यो सेवा प्रदान गर्नका लागि वैदेशिक रोजगार बोर्ड र वीर अस्पतालबीच सम्झौता भएको छ ।

बोर्डका सूचना अधिकारी राजन पौडेलका अनुसार वैदेशिक रोजगारीमा गएकाहरूका विभिन्न स्वास्थ्य समस्या हुने गरेकाले जनताको माग सम्बोधन गर्ने यो कार्यक्रम सुरु गर्ने लागिएको हो । यो सेवामा दक्ष जनरल फिजिसियन, मनोसामाजिक परामर्शकर्ता वा मनोचिकित्सकहरू हुने छन् । सेवा आइतबार र शुक्रबार एक एक घण्टा चल्ने छ ।

Advertisement

कार्यक्रम बोर्डले गर्ने सम्पूर्ण गतिविधि तथा गरिआएको कामका विषयमा पनि जानकारी गराएको थियो । यस्तै, वैदेशिक रोजगार छात्रवृत्ति सहायताका लागि विभिन्न ५१ वटा जिल्लाबाट प्राप्त भएका २ हजार २ सय १६ निवेदन मध्ये ३३ जिल्लाका १ हजार ५ सय १४ जना छात्रछात्रा छात्रवृत्ति सहायता बापत रु १ करोड ४५ लाख २४ हजार रुपैयाँ शिक्षा विकास तथा समन्वय इकाइ मार्फत सम्बन्धित छात्रछात्रा वितरण गर्नका लागि वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को दफा १० बमोजिमको निर्देशक समितिबाट निर्णय भएको बताएको छ ।

वैदेशिक रोजगारीमा जाने तथा स्वदेश मानै स्वरोजगार हुन चाहने ५ हजार ७ सय जनालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्नका लागि सिटिइभिटि अन्तर्गतका २१ वटा आङ्गिक क्याम्पसहरूसँग ७ करोड लाख ३९ हजार रकम बराबरको सम्झौता गरेको पनि जानकारी गराएको छ ।

यस्तै, वैदेशिक रोजगारीमा गएका कामदारहरूलाई कार्यस्थलमा आइपर्ने स्वास्थ्य सम्बन्धी समस्याहरू सम्बन्धमा परामर्श उपलब्ध गराउनकालागि टेली मेडिसिन सेवा सञ्चालन कार्यविधि, स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको पनि पौडेलले बताए ।

प्रदेश नं १ मा सञ्चालनमा रहेका आप्रवासी सूचना केन्द्रका ३० जना सूचना तथा परामर्शकर्ताहरूलाइ बोर्ड सचिवालयबाट प्रदान गर्ने सेवाहरूका सम्बन्धमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको पनि बोर्डले जनाएको छ ।