यासोक । पाँचथरमा अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कुम्मायक गाउँपालिकाको यासोकस्थित यासोक क्याम्पसमा अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम शनिवार सम्पन्न भएको हो ।
क्याम्पसको १६ औ स्थापना दिवस तथा सिलालेख अनावरणको साथै अन्तर मावि स्तरीय हाजिरी जवाफ कार्यक्रमको आयोजना गरीएको क्याम्पसले जनाएको छ । उक्त हाजिरी जवाफ प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालय यासोक, जयनारायण आदर्श माध्यमिक विद्यालय मेहेलबोटे, सिद्ध मावि तिङ्देन, महेन्द्रोदय माध्यमिक विद्यालय पिपलबोटे, सिद्ध सरस्वती मावि माङ्जाबुङ र खाल्डे मावि खाल्डे गरी जम्मा ६ वटा विद्यालयका विद्यार्थी समूहहरुको उपस्थिति रहेको थियो ।
६० वटा भन्दा बढी सोधिएको प्रश्नमा सही जवाफ दिएर जयनारायण आदर्श मावि, मेहेलबोटेका विद्यार्थीले १५ अङ्क प्राप्त गरी प्रथम स्थान ओगट्न सफल भएका छन् भने महेन्द्रोदय माध्यमिक विद्यालय पिपलबोटेका विद्यार्थी दोस्रो भएका छन । यसैगरी पृथ्वी माध्यमिक विद्यालय तेस्रो र खाल्डे मावि खाल्डेले सान्त्वना अङ्क प्राप्त गरेको छ ।
विजेता विद्यार्थीहरुलाई भाद्र १९ गते हुने १६ आंै क्याम्पस स्थापना दिवसको कार्यक्रममा पुरस्कृत गरीने कुरा जनाइएको छ । सो कार्यक्रममा यासोक क्याम्पस प्रमुख कर्ण लावती, प्राध्यापक केन्द्र प्रकाश बराल लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता कुम्मायक गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा यासोक क्याम्पस संचालक समितिका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।