April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

फिदिम नगरपालिकाका मेयरद्धारा आफ्नो तलब विद्यालयलाई हस्तान्तरण

3.3K

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्लेले आफूले पाउने तलब भत्ता बापतको सुविधा विद्यालयलाई बुझाएका छन् । फिदिम नगरपालिकाका विपन्न, अशक्त र असाहयलाई सहयोग गर्ने उदेश्यले अभियान सुरुवात गरेका उनले पहिलो चरणमा नगरपालिकाबाट पाएको सुविधा बापतको रकम फिदिम ४ स्थित जागृति आधरभूत विद्यालयलाई हस्तान्तरण गरेका हुन ।

आवासीय विद्यालयका विद्यार्थीहरुलाई लुगा धुने ‘वासिङ मेसिन’ खरिद गर्न उनले आफ्नो सुविधा बापतको ३५ हजार रुपैयाँ रकम प्रदान गरेका हुन् । उनले विद्यालयका प्रधानाध्यापक डिल्ली प्रसाद लुईटेललाई ३५ हजारको चेक हस्तान्तरण गरेका थिए ।

यस्तै, फिदिमका यूवाहरुद्धारा स्थापना गरिएको हेल्प टुगेदर फाउण्डेशन अन्तर्गत संचालनमा रहेको ‘हुनेले दिने, नहुनेले लिने’ अभियानलाई पनि ३५ हजार रुपैया रकम हस्तान्तरण गरेका छन् ।

Advertisement

काफ्लेले आफूले पाउने तलब भत्ता लगायतका सेवा सुविधाको रकमबाट नगरपालिकाका १४ वटै वडामा आवश्यकता अनुसार विपन्न, अशक्त, असाहय व्यक्तिका परिवारलाई सहयोग गर्दै जाने प्रतिवद्धता समेत जनाएका छन् ।