April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दुई किलो सुनसहित एक युवा पक्राउ

395

काठमाडौं। रसुवाको कालिकाबाट दुई किलो सुनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका–३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामा छन् । 

उनको साथबाट २ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ।

बागमती प्रदेश–०२–०४३ प २४३४ नम्बरको मोटरसाइकलमा सवार उनी कालिकास्थानतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । 

Advertisement

कालिका गाउँपालिका–१ स्थित अस्थायी प्रहरी पोस्ट ग्राङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जुत्ता भित्र लुकाएर ल्याएको अवस्थामा बरामद धातुसहित उनलाई भन्सार कार्यालय टिमुरे पठाइएको प्रहरीले जनाएको छ ।