January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

रौतहटको मनी ट्रान्सफरबाट ५२ लाख लुट, सञ्चालकमाथि गोली प्रहार

1.4K

रौतहट । रौतहटस्थित शिव मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका–९ स्थित उक्त मनी ट्रान्सफरमा लुटपाट गर्नुका साथै सञ्चालक नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो।

प्रहरी स्रोतका अनुसार मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।  सो क्रममानितेश साहलाई काउन्टरबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका थिए ।  गोली साहको कञ्चटमा लागेको र उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

रकम लुटपाट गरेर भागेका उनीहरूलाई घटनाको केही बेरमा घटनामा प्रयोग भएको मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

Advertisement