कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनको नयाँ मिति तोक्न सक्ने
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा पार्टीको आगामी १४ आँै महाधिवेशन र पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने पार्टी संसदीय दलकी सचेतक पुष्पा भूषालले जानकारी दिइन्। महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल...