April 30, 2024, Tuesday
२०८१ बैशाख १८
1:37:26 pm

ओलीको अधिनायकवादी चरित्र देखियो, उनी सुध्रिने मानिस होइनन्: माधव नेपाल

1.3K

काठमाडौँ – नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्ताल सफल पार्न सडकमा निस्किएका नेपालले प्रधानमन्त्री ओलीमा एकपछि अर्को गर्दै अधिनायकवादी चरित्र देखा परेको भन्दै सच्चिने लक्षण नदेखिएको बताएका हुन् ।

‘अहिलेका कामचलाउ प्रधानमन्त्री केपी ओलीजीले संविधान मिच्दैमिच्चै अगाडि बढिरहनुभएको छ । उहाँको एकपछि अर्को अधिनायकवादी चरित्र देखिइरहेको छ,’ उनले भने, ‘केपी ओली निरंकुश शासक हुन् । उनमा अलिकति पनि लोकतान्त्रिक चरित्र छैन । यिनी सुध्रिने लक्षणका मानिस पनि हैनन् ।’

नेता नेपालले संविधान, संघीयता र गणतन्त्रप्रति ओलीमा कुनै अपनत्व नरहेको भन्दै उनले संवैधानिक नियुक्तिको प्रक्रिया नै गलत भएको दाबी गरे ।

Advertisement

‘संवैधानिक परिषद्ले गरेको नियुक्ति प्रक्रिया नै गलत छ । सभामुखले प्रक्रिया पुगेको छैन भनेर फिर्ता पठाइदिनुभयो । नियुक्तिको वैधता पुगेको छैन । जबर्जस्ती शपथ गरियो । कामचलाउ सरकारले एकातिर चुनावको घोषणा गरेको भन्छ,’ उनले भने, ‘अर्कोतिर भूमि आयोगमा धमाधम नियुक्ति गर्छ । उनको अधिनायकवादको विरुद्धमा जनतालाई हामीले विरोध जनाउनुस् भनेर आमहड्ताल आह्वान गरेका हौँ । जनतालाई कष्ट पक्कै पनि भएको छ ।’