April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कुवेतमा नेपाली युवाहरुको लगानीमा राजदूत भण्डारीद्वारा मम हाउस उद्घाटन

7.9K

वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा लामो समय रहेर व्यावसायिक सम्बन्धि थुप्रै अनुभव बटुलिसकेका अनुभवी युवाहरुको लगानीमा “मम हाउस ” नामक नेपाली रेस्टुरेन्ट संचालनमा आएको छ । 

कुवेतका लागि नेपाली राजदुत दुर्गाप्रसाद  भन्डारीद्वारा दिप प्रज्वलन गर्दै रिबन र केक काटेर विधिवत रूपमा उद्घाटन सम्पन्न भएको छ ।

कुवेतको  फर्वानिया स्थित अल अराबेट प्लाजा (Al Arabet Plaaza) को ग्रान्ड हाइपर मार्केट भित्र ग्राउन्ड फ्लोरमा अबस्थित रहेको उक्त रेस्टुरेन्ट फर्वानिय एरियामा बस्ने नेपालीहरुको लागि अत्यन्तै पायक पर्ने साथै अन्य ठाउँबाट आउनलाई यातायातको समेत राम्रो सुबिधा रहेको छ ।

Advertisement

उद्घाटन समारोहमा विशेष रूपमा उपस्थित राजदुत भण्डारी , एनआरएनए एनसीसी सदस्य अमीत चाम्लिङ , एनआरएनए कुवेतका अध्यक्ष सुजन केसि ,महासचिव दिल कुमार पाख्रीन, आदिवासी जनजाती महासंघ कुवेतका महासचिव मन्जित राई, तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा, चितवन सेवा समाजका अध्यक्ष नवीन लोप्चन लगायत हिमालयन बैंक ,आई एम ई,ग्लोबल आई एम ई बैंक ,आई पे बैंक का प्रतिनिधिहरु, पत्रकार ,बुद्धिजीवी तथा अन्य नेपालीहरुको उपस्थित रहेको थियो ।

मम  हाउस संचालक टिमको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा समेत माया ,हौसला र सहयोग निरन्तर पाईरहने  अपेक्षा पनि गरेका छन  । रोजगारको लागि कुवेत आएर व्यावसायमा लाग्ने युवाहरु बढी रहेका छन् । 

मम हाउस (MOMO HOSE) नेपाली रेस्टुरेन्ट लाई सम्पर्क गर्नु परेमा साथै घरमै बसी आफुलाई मनपर्ने नेपाली परिकार हरु अर्डर गर्नुपरेमा फोन नम्बर ६६६३६८४९ (66636849) उपलब्ध छ ।