काठमाडौं । मलद्वारमा सुन लुकाएर ल्याउने चारजना विदेशी नागरिक पक्राउ परेका छन्। त्रिभुवन विभानस्थल भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा बुधबार उज्वेकिस्तानका चार जना नागरिकबाट ३ किलो भन्दा बढी तौल रहेको सुन बरामद गरेको हो ।
प्रहरीका अनुसार भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शंका लागेर खानतलासी गर्दा मलद्वारामा लुकाएको सुन बरामद भएको हो । दुबईबाट काठमाडौं आएको दुबई एफजेएड ५७५ उडानबाट नेपाल आएका उनीहरुमध्ये तीन जना महिला र एक पुरुष छन् ।
नेपाल प्रहरीको सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुको मलद्वारबाट सुनको टुक्रा बरामद गरेको हो । तस्करी समूहले उनीहरुलाई भरियाको रुपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको छ ।
सुनको परीक्षण भने भएको छैन । उक्त सुन भन्सारमा बुझाइने बताइएको छ ।