April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

प्रजातन्त्र दिवस: ‘आजको दिन गौरवपूर्ण र अविस्मरणीय’-माधव नेपाल

750

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु अहिलेको कार्यभार भएको बताएका छन् ।

७५औँ प्रजातन्त्र दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रको रक्षा गर्नु सबैको साझा दायित्व भएको स्मरण गराएका छन् ।

अध्यक्ष नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा रहेको निरङ्कुश, जहांनिया र तानाशाही व्यवस्थाबाट देशलाई मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यानको बलिदानी दिने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

Advertisement

अध्यक्ष नेपालले आजको दिन गौरवपूर्ण र अविस्मरणीय रहेको पनि बताएका छन् । ‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण र अविस्मरणीय रहेको छ। जनताको संघर्षबाट प्रजातन्त्रकै जगमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरेका छौँ’, उनले भनेका छन् ।