April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

खोटाङको कुभिण्डे केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प

1K

विराटनगर । खोटाङको रावाबेशी गाउँपालिका-१ कुभिण्डे केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रवक्ता उप-महानिर्देशक मोनिका झाका अनुसार सोमबार राति १०:३२ मिनेटमा ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।

औपचारिक रुपमा भूकम्पको क्षतिको विवरण नआएको खोटाङका डीएसपी प्रतिक विष्टले बताए ।

Advertisement

खोटाङ, सोलुखुम्बु, ओखलढुंगा लगायतका आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको केन्द्र कुभिण्डे आसपासका ठाउँहरुमा राति मानिसहरुको भागाभागसमेत भएको थियो ।