November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एन्फा सिस्नेरी क्याम्पसका ६ जना विद्यार्थीको शव फेला

1.2K

एन्फा सिस्नेरी क्याम्पसका ६ जना विद्यार्थीको शव फेला परेको छ । पहिरोले पुरिएको अवस्थामा ६ जना विद्यार्थीको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सर्लाही घर भएका १३ वर्षीय आदित्य बलम्पाकी, काठमाडौं कलंकी घर भएका ११ वर्षीय प्रियन्स आचार्य, मकवानपुर हेटौंडा घर भएका १४ वर्षीय अनुपम घलान, मकवानपुरगढी घर भएका १४ वर्षीय साइमन योञ्जन, बारा निजगढका १४ वर्षीय विकल रेग्मी र मकवानपुर सिस्नेरीका १४ वर्षीय दिवश बानियाँ रहेका छन् ।

कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर भरिएर शनिवार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

Advertisement

इन्द्रसरोवर गाउँपालिका–३ स्थित वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए ।

शनिबार साँझ काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले ६ बालकको शव, अरु ३० जना बालक, उनीहरुका प्रशिक्षक र एक शिक्षकलाई काठमाडौं ल्याएको छ ।