April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भन्सार छलीका अवैध सामान बरामद

665

विराटनगर । मोरङको सुनवर्सी नगरपालिका–५ स्थितमा भन्सार छली अवैधरुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको सामानहरु प्रहरीले बरामद गरेको छ ।

असोज ९ गते इलाका प्रहरी कार्यलय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.२त ६४४२ नम्वरको ट्रयाक्टरमा भन्सार छली ल्याउदै गरेको ३४० पिस मार्वल र ६४० किलोग्राम सनपाट बरामद गरेको हो ।

अवैध सामान वरामद भएसँगै उक्त सामान र ट्याक्टर सहित चालक रंगेली–‍६ का राम नारायण सरदार समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

यसैगरी सोही कार्यालयबाट खटिएको गस्ती टोलीले धनपालथान गाउँपालिका–३ बेतौना स्थितमा भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको करिव १ लाख ७५ हजार ६ सय रुपैंया बरावरको बिभिन्न किसिमका कस्मेटिक सामानहरु बरामद गरेको छ ।

बरामद गरिएका उक्त सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।