April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

पहाडी दुर्गम भेग पाटीगाउँमा अब दैनिक बस संचालन हुने

राजकुमार लिम्बु
२०८१ भाद्र ३०

2.5K

पाटीगाउँ । मोरङ जिल्लाको पहाडी दुर्गम भेगमा पर्ने केराबारी गाउँपालिका वडा नं.१ पाटीगाउँमा दैनिक बस संचालन हुने भएको छ । दैनिक बस सन्चालन हुने भएपछि पाटीगाउँबासी हर्षित भएका छन्।

पाटीगाउँमा १५ वर्ष अघि नै कच्ची सडक पुगेता पनि साना मालवाहक गाडी मात्र सन्चालनमा आएका थिए।यस क्षेत्रका मानिसहरू धरान झर्नको लागि धनकुटा डाँडा बजारसम्म झन्डै २ घन्टाको पैदल यात्रा गर्नु पर्थ्यो। अब केही दिन पछि पाटीगाउँबासी यस्तो समस्याबाट मुक्त हुने छन्।

केराबारी गाउँपालिका वडा नं. १,२,४ पुर्णरुपमा पहाडी वडाहरू हुन्, जो आफ्नै पालिकासम्म झर्न कष्टकर यात्रा गर्नुपर्ने हुन्छ । पाटीगाउँबाट आफ्नै गाउँपालिका वर्षायाममा खदम खोलामा पुल नबनिन्दा धनकुटा, सुनसरी जिल्ला हुँदै लामो बाटो घुमेर झर्नुपर्ने बाध्यता अझैं छ ।

Advertisement

पाटीगाउँमा उत्पादन भएका कृषिजन्य वस्तुहरू निर्यात गर्नको लागि ठूलो बजार धरान वा केराबारी बजार हो।यहाँका मानिस बजारसम्म झर्नको लागि समयमा सवारीसाधन नपाउने, समयमा उत्पादन भएका बस्तुहरू ढुवानी गर्न नसक्दा लाखौं रुपैया बराबरको कृषकहरुले नोक्सान बेहोर्नु पर्ने समस्याहरू हुँदै आईरहेको छ।

यी यावत समस्यालाई मध्यनजर गर्दै असोज २ गतेबाट बस सन्चालनमा ल्याउने तयारी रहेको १ नं.वडा अध्यक्ष शरण थापा मगरले जानकारी दिए ।

बस सन्चालनमा आउने भएपछि पाटीगाउँ बासीहरुमा खुसी छाएको छ। बस संचालन भएपछि नियमित रुपमा पाटीगाउँमा उत्पादन भएका हरेक कृषिजन्य बस्तुहरू धरान बजारसम्म निर्यात गर्न सकिने छ । बजारबाट दैनिक उपभोग्य बस्तुहरू कम दुवानीमा पाटीगाउँसम्म ल्याउन सकिने छ।

बस संचालन हुने कुरामा खुशी हुँदै पाटीगाउँका जेष्ठ नागरिक खड्गबहादुर मगर भन्छन्, “पाटीगाउँमा बस आउँछ र चड्न पाउछु जस्तो कहिले लागेको थिएन । तर चड्न पाउने भए खुशी लागेको छ।”

१ नं.वडा समितिको निर्णय अनुसार पाटीगाउँबाट बिहान ७:०० बजे बस यात्रु बोकेर धरान जाने र दिउसो ३:३० बजे पाटीगाउँ आउनेछ भने पाटीगाउँ -धरानसम्मको भाडा दर प्रति व्यक्ति ३५० रुपैया, खाद्यन्य वा कृषिजन्य उत्पादनका बस्तुमा प्रति केजि ४ रुपैयाका दरले तोकिएको जानकारी दिए।