April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

810

काठमाडौं । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । उनलाई लागूऔषध बिक्री गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि श्रेष्ठ पक्राउ परेका हुन् ।

३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका- ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।

Advertisement

त्यसपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको  थियो ।