April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै टानमा माओवादीका उम्मेदवार पाण्डे विजयी

660

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा माओवादीका उम्मेदवार सागर पाण्डे निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थन पाएका उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

सोमबार भएको निर्वाचनबाट टानको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा निर्वाचित भएका छन् भने महासचिवमा सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् । महासचिवमा निर्वाचित शेर्पा पाण्डे समूहकै हुन् । वरिष्ठ उपाध्यक्षमा भने पाण्डे समूहका चोलेन्द्र कार्की पराजित भएका छन् ।

यस्तै, सचिवमा सचिव रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् । पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) सदस्यमा निर्वाचित भए ।

Advertisement