April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

स्पेनिस पर्यटक मृत फेला

2.9K

कास्कीमा एक स्पेनिस पर्यटक मृत फेला परेका छन् । पर्यटकीय स्थल घोरेपानी पदयात्राका लागि कास्कीको वीरेठाँटीबाट आइतबार त्यसतर्फ गएका दुई स्पेनिस पर्यटकमध्ये एक जनाको शव कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित सुधामे झिलिबराङ क्षेत्रको भुरुङदी खोलामा फेला परेको हो ।

मृत्यु हुनेमा स्पेनिस नागरिक ३७ वर्षे इरिक सोलेर कासानोभास (PAN072420 नं. को Passport) रहेका छन् । त्यस्तै ३२ वर्षीया मेर्सी मोलास जुन्का (PAQ122767 नं. को Passport) सोही खोलामा परी वेपत्ता हुनसक्ने बताइएको छ ।

उनीहरु वीरेठाँटीबाट तिखेढुङगा, उल्लेरी हुँदै आइतबार घोरेपानी जाने क्रममा तिखेढुङगास्थित भुरुङदीखोलाको छहराबाट खसेका थिए । छहरा मनमोहक भएका कारण सम्भवतः उनीहरु त्यहाँ फोटो खिच्ने क्रममा चिप्लीएर लडेको र खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

Advertisement