April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

करेन्ट लागेर बालकको मृत्यु

11.9K

विराटनगर । मोरङको जहदा गाउँपालिका–५ स्थितमा करेन्ट लागेर एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानन्द महतोको १५ बर्षीय छोरा भरत महत्तो रहेका छन् ।

प्रहरीका अनुसार मंगलबार साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउना साथ मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement